निर्मला पन्त प्रकरण : बयान नसकिएपछि एसपी डिल्लीराज विष्ट प्रहरी नियन्त्रणमा

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको बयान सुरु भएको छ।

निर्मलाकी आमा दुर्गादेवीले एसपी विष्टसहित आठ जना प्रहरीविरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा एसपी विष्ट आफै अदालतमा उपस्थित भएका थिए।

बिहान साढे १० बजेतिर अदालतमा उपस्थित भएका विष्टको दिउँसोदेखि बयान सुरु भएको थियो । जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार श्रेष्ठको उपस्थितीमा एसपी विष्टको बयान सुरु भए पनि नसकिएपछि उनी प्रहरी नियन्त्रणमा छन्।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले आदालतमा हाजिर भएका पूर्व एसपी विष्टको बयान नसकिएको बताए । उनको बयान नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको श्रेष्तेदार अवस्थीले जानकारी दिए। बुधबार बयान सकेर थुनछेक बहस हुने अदालतले जनाएको छ। नयाँ पत्रिका दैनिकमा मोहन विष्टले समाचार लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27410