विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने बिषयमा प्रहरीसँग झडप हुँदा काभ्रेमा गोली चलेको छ।

महानगरीय अपराध महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको महाशाखा स्रोतले जानकारी दिएको छ।

महाशाखाका अनुसार प्रहरीले विप्लव समूहका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति महाशाखाबाट खटिएको एसपीको टोलीले रोशी गाउँपालिकामा गोली चलाएको खबर नेपाल समाचारपत्रमा छापिएको छ।





Comments

comments

Leave a Reply

27414