मिस पूर्वाञ्चल पूजाले पाइन् यामाहा फेसिनो स्कुटी

धरान / गत पौष १४ गते सम्पन्न नेपालआइस मिस पूर्वाञ्चल २०१८ की बिजेता पूजा श्रेष्ठलाई मंगलबार बराह कम्प्लेक्समा आयोजित एक कार्यक्रममा यामाहा फेसिनो स्कुटी प्रदान गरिएको छ।

मिस पूर्वाञ्चल पूजा श्रेष्ठलाई बराह ग्रुप अफ कम्पनीका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे र बराह ज्वेलरीका इन्चार्ज सौराज लामिछाने र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले यामाहा फेसिनो स्कुटीको चाबी हस्तान्तरण गरेका थिए।

त्यस्तै सोही अवसरमा आगामी चैत्र तेस्रो साताबाट सुरु हुने मिस नेपाल २०१९ प्रतियोगिताको लागि मिस पूर्वाञ्चल पूजा श्रेष्ठलाई बराह ग्रुप अफ कम्पनीका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे , बराह ज्वेलरीका इन्चार्ज सौराज लामिछाने ,सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ , नेपाल पत्रकार महासंघ , सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले ,मिस ग्राण्ड नेपाल इक्सा मादेन लगायतले बुकी र खादा लगाएर बिदाइ तथा शुभकामना दिएका थिए।

कार्यक्रममा बोल्दै गंगा कालिकोटेले मिस नेपाल प्रतियोगितामा मिस पुर्वान्चलले आफ्नो उत्क्रिस्टता प्रस्तुत गर्दै मिस नेपालको ताज नै जितेर ल्याउनु भन्ने शुभकामना दिए भने मिस पूर्वाञ्चल पूजा श्रेष्ठले मिस नेपालको ताज जित्न आफूले सक्दो मिहिनेत गर्ने बाचा गरिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27424