बालक प्रयास कुँवरलाई हत्या गर्ने अभियुक्तलाई बाँचुञ्जेल जेल बस्नुपर्ने फैसला

काठमाडौँ– गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ।

बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको खबर गोरखापत्र दैनिकमा छापिएको छ।

अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो। यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो।

आजीवन कैदको सजाय अनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ । फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्नेछ । सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ (ग) बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो।





Comments

comments

Leave a Reply

27438