बेलायतका मस्जिदहरुमा आक्रमण

काठमाडाैं – बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमणम भएको बताइएको छ । बुधबार रातिदेखि बिहीबार बिहानको बीचमा ती हमलाहरु भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।

मस्जिदको बाहिरी झ्यालमा ठूलो घनले हिर्काइएको प्रहरीले जानकारी दिए । बर्चफिल्ड रोडस्थित मस्जिदमा उक्त हमला मध्यराति करिब साढे २ बजे भएको बताइएको छ।

उक्त हमलाको सूचना प्राप्त भएको ४५ मिनेटपछि समान प्रकृतिके हमला अर्डिंगटनमा भएको सूचना प्राप्त भएको थियो । त्यसबाहेक एस्टन र पेरीमा पनि समान प्रकृतिको हमला भएको प्रहरी अधिकारीहरुले सुचना प्राप्त गरेको बताइएको छ । त्यसैगरी अल्बर्ट रोडमा पनि त्यस्तै हमला भएको बताइएको छ । नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ।





Comments

comments

Leave a Reply

27455