विप्लवको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

काठमाडौं: नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन्।

मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको खबर अन्नपूर्णपोस्टले छापेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालका अनुसार ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन्।

विप्वले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरकाे नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ । विस्फोटमा एकजनाको मृत्यु भएको थियो।

ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन् । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ।





Comments

comments

Leave a Reply

27457