माला लगाएर किरियापुत्री भेट्न गएपछि मन्त्री आलोचित

काठमाडाैं – संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो।

दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनीय सन्देश गएको भनी आलोचना भयो।

तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराई आमाको निधन भएको पाँचौँ दिन मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न र परिवारलाई सान्त्वना दिन मन्त्री पण्डित विराटनगर उपमहानगरपालिका ३ स्थित भट्टराई निवास पुगेका थिए।

मन्त्री पण्डितको सचिवालयले भने कुनै योजनबद्ध रुपमा नभई एक कार्यक्रममा सहभागी हुन गएका बेला नजिकैको भट्टराई निवासमा मन्त्री पुगेको जनाएको छ। यो समाचार कान्तिपुरमा प्रकाशित छ।





Comments

comments

Leave a Reply

27480