शिक्षा क्षेत्रमा पनि भ्रष्टाचार, कामै नगरी १ अर्ब ८२ करोड खर्च

काठमाडौ, २४ कार्तिक। शिक्षा मन्त्रालयले सरकारी विद्यालय भवन तथा शौचालय निर्माणका लागि गत वर्ष निकासा भएको १ अर्ब ८२ करोड रुपैयाँ कामै नगरी सकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

शिक्षा पत्रकार सन्जाल र लुनिभाले आइतबार गरेको कार्यक्रममा महालेखा परीक्षक कार्यालयका प्रबक्ता बाबुराम गौतमले गत वर्ष नै काम सक्नेगरी निकासा भएको उक्त रकम कतै प्रयोग नभएको बताए। उनका अनुसार ४३ जिल्लाका ४ सय ९२ विद्यालय ,२ सय ५६ समिति तथा १सय ४० शिक्षा मन्त्रालयको अनुगमनक्रममा उक्त तथ्य फेला परेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।

‘शिक्षा मन्त्रालय र विभागले गत वर्ष नै विद्यालय भवन तथा शौचालय निर्माण गर्ने निकासा गरेको १ अर्ब ८२ करोड रुपैयाको कामै नभएको हाम्रो अनुगमनले देखाएको छ,’ गौतमले भने,‘निर्माणको काम कतै नभए पनि रकम फिर्ता आएको देखिएन।’

४३ जिल्लाका ४ सय ९२ विद्यालयमा ३ करोड ५५ लाख रुपैया शिक्षकको तलब भत्तामा दोहोरो निकासा भएको समेत अनुसन्धानमा देखिएको उनले जानकारी दिए। महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले जिल्ला शिक्षा अधिकारीसित छोरीको विवाहका लागि ४ लाख लिएका रहेछन्’ उनले भने,‘तर त्यो रकम फिर्ता भएको देखिएन ।पाठ्यपुस्तक शैक्षिक सामग्री केन्द्र ,छात्रवृत्ति, तलब, भवन निर्माणलगायत शीर्षकमा बढी रकम भ्रष्टाचार भइरहेको पाइयो।’

जिल्ला शिक्षा कार्यालयमा अभिलेख नरहेकोले मृत शिक्षकको नाममा समेत तलब भत्ता निकासा हुने गरेको उनले जनाए। ‘शिक्षामा राज्यको लगानी हरेक वर्ष बढिरहेको छ तर त्यसको उचित व्यवस्थापन भएन,’ उनले भने।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2751