बलात्कारीलाई जन्मकैद हुने

काठमाडौँ – १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ।

संघीय संसदबाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको समाचार नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन्।

यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको थियो । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेर पुगेका महिलालाई बलात्कार गर्नेलाई जन्मकैद हुने व्यवस्था गरिएको हो।





Comments

comments

Leave a Reply

27670