लिङ्देनलाई मार्ने धम्की दिनेको ‘कनेक्सन’ झापाकै नेतासँग

काठमाडौं – झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको संलग्नता झापाकै नेतासँग रहेको दाबी गरेका छन्।

राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘मलाई धम्की आइरहेका दुई वटा मोबाइल नम्बर मेरै निर्वाचन क्षेत्रका नेतासँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट देखाएको छ।’

सातादेखि अज्ञात व्यक्तिले आफ्नो ज्यान मार्न ५० लाख रुपैयाँको सुपारी लिएको भन्दै फोन गरिरहेको विषय सार्वजनिक भएकाले शुभचिन्तक, आफन्त र सञ्चारमाध्यमलाई स्पष्ट पार्न प्रहरी अनुसन्धानकै क्रममा पत्रकार सम्मेलन गर्नु परेको लिङ्देनले बताए । रविन भट्टराईले अन्नपूर्णमा यो समाचार लेखेका छन्।





Comments

comments

28072