आजदेखि भारतमा लोकसभा चुनाव, कसले मार्ला बाजी?

काठमाडौं । भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा हुने चुनावको कसको पक्षमा होला भन्ने अनेक अड्कलबाजी र चर्चा शुरु भैसकेको छ।

मुख्य प्रतिस्पर्धीको रुपमा भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेस देखिएका छन् ।निर्वाचनका लागि भाजपाका नरेन्द्र मोदी र कंग्रेसका राहुल गान्धीलाई नेताका रुपमा अगाडि सारिएको छ।

भारतमा मात्र नभई नेपालमा समेत भारतको चुनावको चर्चा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका चुनावी वाचाहरु सम्झिएका छन् । मोदीले अघिल्लो चुनावमा गरेका वाचा र काम बीचको लेखाजोखा गरिरहेका छन्।

मोदीका वाचा के कति पूरा भए, विपक्षी कङ्ग्रेस, अन्य दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप प्रमाणित भए भएनन भन्ने चर्चासमेत चलेको छ । सत्तारुढ दल भारतीय जनता पार्टीले सरकार निर्माण गर्नेगरी बहुमत ल्याउँछ वा ल्याउँदैन भन्ने विषय तडकारो छ। नेपाल समाचारपत्रमा खबर छापिएको छ।





Comments

comments

28087