चार कोठे पक्की बिद्यालय भवन हस्तान्तरण

गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको पहलमा गोरखा जिल्लाको शैक्षिक बिकासमा महत्वपूर्ण भूमिका रहेको सरोकावालाहरुले बताएका छन्।

भूकम्पपछि थिलथिलो बनेको गोरखामा ढकालकै पहलमा पहिलोपटक जागेश्वर उच्च मा.बि.को आठ कोठे पक्कि भवन निर्माण गरिएको थियो। करिव एक करोड लगानीमा एक बर्ष भित्रमा नै बिद्यालय भवन निर्माण गरिएको थियो । ढकालको पहलमा गोर्खा जिल्लामा मात्रै एक दर्जन भन्दा बढी पुस्तकालय तथा बिद्यालय भवनहरु निर्माण भएका छन्।

गोरखा जिल्लाका नेता रहेका ढकाल शुक्रबार पनि विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थिए । उनकै पहलमा निर्माण भएको भीमसेन गाउपालिका ८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन गाउपालिकाका दुई बडा अध्यक्षको उपस्थतिमा बिद्यालय हस्तान्तरण गरे। सो कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भूकम्पको कारण बिद्यालयको पुरानो भवन पूर्ण रुपमा क्षति भएको र विद्यार्थीहरु खुला आकासमा अध्ययन गर्न बाध्य भएको दृश्य सहन नसकी बिद्यालय भवन निर्माण गरेको जानकारी दिए।

२०४५ सालमा स्थापना भएको बिद्यालय भवन भुईचालो पश्चात टहरामा सञ्चालन गरिएको थियो । भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र तथा अन्य दाताहरुको सहयोगबाट निर्माण भएको भन्दै ढकालले आफूले समन्वयकारी भूमिका खेलेको बताए । उनले बिद्यालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आफू सदैब लागि रहने बताए । भीमसेन गाउपालिका ७ का बडा अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बासु थापाले अध्यक्ष ढकालले गोर्खा जिल्लाको शैक्षिक बिकासमा गर्नु भएको योगदानको उच्च प्रसंशा गरे । उनीहरुले ढकालले आफ्नो गाउँको नाम बिश्वमा परिचित गराएको भन्दै भिमसेन थापा जन्मेको स्थानमा संग्राहलय निर्माण गर्नको लागि पहल गरिदिन आग्रह गरे।

नेपाल प्रहरीका पूर्व डीआइजी डा श्याम नेपाल, परिवार दलका प्रबत्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा लगायतले शुभकामना ब्यक्त गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्री बिद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीले बिद्यालय बनेपनि यसमा चाहिने फर्निचर ,शौचालय लगायतको अभाव रहेको बताए । ३३ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिएको हो।

अध्यक्ष ढकाल सरस्वती मा.बि. जागेश्वर उच्च मा.बि लगायत बिद्यालयको शैक्षिक बिकासको बारेमा बिद्यलय ब्यबस्थापन समिति र शिक्षक शिक्षिक हरुसँग अन्तरक्रिया समेत गरेका थिए । ढकालले ती कार्यक्रममा बोल्दै नेपालको शैक्षिक स्तर उकास्न बिद्यालयहरुको भौतिक पूर्वाधारको विकास गर्नु पर्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा जोड दिए । उनले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुत एकजुट भयर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिबर्तन गर्न सकिने बताए । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले गोरखा दलको पहलबाट निर्माण भएका बिद्यालयले सयौं बिद्यार्थीहरु लाभान्वित भएको बताए।

अध्यक्ष ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरी स्थानीयसंग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको अवलोकन गरेको दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिए।





Comments

comments

28138