‘लुट्न सके लुट’ गाउने गायकलाई राष्ट्रपतिका अगाडि जान लाज लागेपछि

‘लुट्न सके लुट’ गीत गाउने पशुपति शर्मा लाजले शीतलनिवास पुगेनन् वा कुनै खबर भएन ? सरकारले अघिल्लो वर्ष (असोज ३) गणतन्त्र दिवसका दिन राष्ट्रिय जीवनमा विशिष्ट योगदान पु¥याउने ३ सय ४३ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

त्यही सूचीमा ‘लुट्न सके लुट’ कान्छा बोलको गीत गाएर राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई प्रहार गरेका पशुपति शर्माको नामसमेत थियो । गृह मन्त्रालयले प्रकाशन गरेको सूचीअनुसार प्रबल जनसेवाश्री चतुर्थबाट बैंकर्स अशोक शेरचन, कलाकार किरण केसी, केदार घिमिरेहरुसँगै पशुपतिसमेत विभूषित हुँदै थिए ।

सूचीको ९ नम्बरमा थियो उनको नाम । किरण, केदार र अशोकहरु राष्ट्रपतिको हातबाट विभूषित हुँदै गर्दा गायक पशुपति शर्मा भने मनोज गजुरेलसँग भैरहवाबाट पोखराको उडान भर्ने तरखरमा थिए । तक्मा बहिस्कार गर्नुभएको हो भन्ने जिज्ञाशा राख्दा आफूलाई कुनै खबर नभएको जिकिर गरे ।

तर, मनलयअन्तर्गत आभूषण महाशाखाका प्रमुख तथा सहसचिव महादेव पन्थले उनको दाबी अस्वीकार गरेका छन् । उनले भने, ‘गृह मन्त्रालयले विभूषित हुने व्यक्तिको नाम गोरखापत्र, रेडियो नेपाल र मन्त्रालयको वेबसाइटमै सार्वजनिक गरेको छ । सम्भव भएसम्म त सबैलाई खबर पनि गरेको हो ।’ तर, कोही विदेशमा भएका, कसैको निधन भएको र कोही अस्वस्थताको कारण देखाउँदै विभूषण लिन नआएको उनले सुनाए । जनआस्था साप्ताहिकमा खबर छ।





Comments

comments

28301