सन्दीपलाई नखेलाउंदा दिल्लीको नमीठो हार

काठमाडौं: इन्डियन प्रिमियर लिग(आईपीएल)को बिहीबार राति भएको खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले नमिठो हार व्यहोरेको छ ।

अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो ।

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले टस जितेर पहहिले ब्याटिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो ।

यस खेलमा पनि सन्दीप लामिछानेलाई मौका दिइएको थिएन । दिल्लीले यस सिजनका ९ खेल खेल्दा सन्दीपलाई ४ खेलमा मात्रै खेलाएको छ । आइतबार मुम्बईविरुद्धको खेलमा सन्दीपलाई उतार्ने आशा गरिएको थियो । कोट्ला मैदान स्पीनरहरु चल्ने मैदान मानिन्छ । स्पीनर मैत्री मैदानमा सन्दीपलाई नउतार्नु दिल्लीको कमजोरी बन्यो । मुम्बईविरुद्धको खेलमा दिल्लीले अक्सर पटेल र अमित मिश्रा दुई जना स्पीनरलाई मात्रै टोलीमा समावेश गरेको थियो । दुवै स्पीनरले उत्कृष्ट बलिङ गरे ।

पटेलले ४ ओभर बलिङ गर्दा जम्मा १७ रन दिएर १ विकेट लिए भने मिश्राले पनि ३ ओभरमा १८ रन मात्रै दिएर १ विकेट लिए । सन्दीपको सट्टामा खेलाइएका वेस्ट इन्डिजका किमो पउल र दक्षिण अफ्रिकाका क्रिस मोरिस निकै महंगो सावित भए । पउलले ३ ओभरमा ३७ रन र मोरिसले पनि ३ ओभरमा ३९ रन दिए र कुनै विकेट लिन सकेनन्। ब्याटिङतर्फ मोरिसले ९ बलमा ११ रन बनाए पनि पउल शुन्य रनमै रन आउट भए । अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

28365