नेपाललाई मनाउने अन्तिम गृहकार्यमा ओली–प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन एकता प्रक्रियाको मापदण्डबारे छलफल गरेका छन् ।

नेपालसमेतको सहमतिमा पार्टी स्थापना दिवस ९ वैशाखभित्रै एकता टुंग्याउने गरी ओली र दाहालले मापदण्डमा केन्द्रित रहेर बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका हुन् । दुई दिनभित्र जिल्ला र जनसंगठनको नेतृत्व टुंगो लगाएर सचिवालय बैठकबाट पारित गर्ने गरी ओली र प्रचण्डले छलफललाई तीव्रता दिएका छन् ।

गत २९ चैतमा चन्द्रागिरी रिसोर्टमा आवासीय बैठकपछि ओली र प्रचण्डले २ वैशाखमा नेपालसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका थिए । नेपालसहितको छलफलमा पूर्वएमाले र माओवादी दुवै समूहलाई मान्य हुने गरी मापदण्डबाटै एकीकरण टुंग्याउने सहमति भएको थियो । विभिन्न कोणबाट प्रस्तुत भएका मापदण्डलाई बिहीबार बसेर अन्तिम टुंगो लगाउने समझदारीसहित छलफल टुंगिए पनि ओलीसँगको छलफलपछि प्रचण्ड आरामका लागि सपरिवार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नयाँपत्रिकामा शुरोजङ्ग पाण्डेले समाचार लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28368