निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा

काठमाडौँ, आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४/०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएको समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन्।

निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28585