सांसदले नै अतिक्रमण गरे रेलमार्गको जग्गा, ४२ वर्षपछि अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं, ९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर-अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन्।

त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । त्यतिवेला रेल्वेको सम्पत्ति नेपाल यातायात संस्थानकै स्वामित्वमा थियो।

बहालवाला सांसदहरुबाटै रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । परवानीपुुरमा रेलमार्गको १० धुर जग्गा अतिक्रम गरी पूर्वसभासद नज्मा खातुनले पक्की घर ठड्याएकी छिन् । खातुनको घर भएको १२ धुर जग्गामध्ये १० धुर रेलमार्गको भएको अनुसन्धानमा भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । खातुनको परिवार अहिले यही घरमा बस्दै आएको छ । सुदीप सिवाकोटीले नयाँ पत्रिकामा समाचार लेखेका छन्।





Comments

comments

28734