खानेपानीको नाममा अर्बौं रुपैयाँको लूटपाट

काठमाडौं, २५ अर्ब २० करोड रुपैयाँ खर्च भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने अझै पक्का भएको छैन।

मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने भन्दै आयोजना प्रमुखलगायतका व्यक्तिहरुको मिलेमतोमा चरम लुट मच्चाइएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७५ ले ठहर गरेको छ।

करोडौँ बिलको भुक्तानी विना प्रमाण गरेको देखिएको छ भने कयौँ शीर्षकमा गरिएको भुक्तानीमा अनियमितता रहेको भन्दै महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले त्यस्तो रकम असुलउपर गर्नै पर्ने जनाएको छ । असुलउपर गर्नुपर्ने भन्ने रकम नै अर्बभन्दा बढी छ । निर्माण काममा संलग्न ठेकेदारहरुले मागेजति भुक्तानी दिँदा पनि उनीहरु भाग्ने क्रम जारी छ । यसले सरकारी अधिकारीहरुले ठेकेदारसँग धेरै कमिसन मागेको संकेत गरेको छ।

ठेकेदारलाई काम गरेबापतको रकम भुक्तानी दिने नाममा सरकारी अधिकारीहरुले सकेका छैनन् , ‘लुटअनुसार काम भएको भए पानी त ल्याएका छन् भनेर केही समयका लागि छुट पनि पाउनसक्थे होला,’ महालेखापरीक्षकको कार्यालयका एक अधिकारीले भने, ‘ठेकेदारसँग मिलेर लुट मच्चाए तर खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाका प्रमुखलगायतका कर्मचारीहरुले ठेकेदारलाई भगाएर आयोजना नै अनिश्चित बनाएका छन् । यो समाचार आर्थिक दैनिक पत्रिकामा प्रकाशित छ।





Comments

comments

28788