प्रज्ञाको ‘कान्छा कान्छा..’ सार्वजनिक

नेपाली सांगीतिक आकाशमा आफ्नो आवाजको जादु चलाउन दर्शक श्रोता माझ नयाँ गीतका साथमा गायिका प्रज्ञा लामाले दोश्रो गीत ‘कान्छा कान्छा..’ बोलको गीत लिएर आएकी छिन्।

पहिलो गीत ‘सानो हाम्रो घर’ बाट पाएको तारिफ र दर्शक श्रोताको मायाले गर्दा मैले दोश्रो गीत निकालेको हु। यस गीतमा प्रकाश लामाको शब्द र संगीत रहेको छ भने भिडियो निर्देशन पनि प्रकाश लामा कै रहेको छ। करीब ३ दर्जन भन्दा बढी गीतमा संगीत भरिसकेका लामाको यो गीत भने पछिल्ला गीत भन्दा धेरै फरक छ। अहिले चलेका गीत र यस्तै खाले पप ट्रेन्डमा रहेको यस गीतमा सफल मोडल तथा डान्सर युमी बलामी र वाइजर एरा डान्स क्रीउलाई फिचर गरिएको छ।

अहिले यस्तै गीत चल्ने गर्छ र मेरो फ्लेबर नि यस्तै हो गायिका लामाले हामीसंग भन्नु भयो। ट्रेन्ड अनुसारकै गीत मैले गाएको छु र मैले गाएका धेरै गीतहरु मध्ये मैले यस गीतलाई भने धेरै नै आश गरेको छु। शारदा क्षेत्री र नरबहादुर सिंहसंग संगीतको सिक्षा लिएकी लामा नेपाली सांगीतिक आकाशमा केही योग्दान दिने हेतुले यस क्षेत्रमा लागेको बताउछिन्।

सरिता नेपालको नेपालको प्रस्तुतिमा निर्माण भएको यस भिडियोलाई सफल र पुराना क्यामेराम्यान शिभ ढकालले खिचेकाछन् भने यसलाई तारा थापा किम्भेले सम्पादन र श्याम कुँवरले कलर गरेका छन्।





Comments

comments

28819