पोखरा विमानस्थलमा अल्ट्रालाइट विमान दुर्घटना

पोखरा, पोखरा विमानस्थलमा मंगलवार अपरान्ह जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ।

अवतरणका क्रममा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको हो। अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए।

दुर्घटनाका कारण जाइरोकोप्टरको पखेटा भाँचिएको छ भने एक भाग पुरै क्षतिग्रस्त भएको छ।

चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र यात्रु अनिश भट्टचन भने सकुशल रहेका छन्।





Comments

comments

28939