समाजवादी पार्टी दर्ता गर्न कठिन

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा गठन भएको समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता गर्न कठिन हुने देखिएको छ।

यसअघि नै विष्णुराज अर्यालले समाजवादी पार्टी, नेपाल दर्ता गरिसकेकाले नवगठित पार्टी दर्ता गर्न समस्या हुने भएको हो।

अर्यालले ५ भदौ ०७४ मा सो नामको पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरेका थिए । उनले पार्टीका नाम मात्र दर्ता गरेको जानकारी दिए । ‘हामी सिपी मैनाली नेतृत्वको मालेमा सँगै थियौँ । २६ असार ०६६ मा मालेबाट विभाजित भई नेकपा माले समाजवादी गठन ग-यौँ,’ अर्यालले भने, ‘दोस्रो संविधानसभा निर्वाचनमा सहभागी भएपछि ५ भदौ ०७४ मा समाजवादी पार्टी नेपाल दर्ता गरेका थियौँ।’

निर्वाचन आयोगले एउटै नामको अर्को पार्टी दर्ता गर्न कठिन हुने जनाएको छ । तर, समाजवादी पार्टी नेपालका नेता देवेन्द्र पराजुलीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रिया केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताए। नयाँपत्रिकामा खबर छ।





Comments

comments

28963