एक लाख ३२ हजार अपराधी जेलबाहिरै, ७२ वर्षअघि सजाय सुनाइएका दोषी अझै फरार

काठमाडौं, अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन्।

७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन्। मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासीन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन्।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार एक लाख २९ हजार आठ सय ४४ स्वदेशी र एक हजार नौ सय ९५ विदेशी गरी कुल एक लाख ३१ हजार आठ सय ३९ जनालाई जेल पठाउन बाँकी छ।

यी व्यक्ति ७२ हजार चार सय ७६ थान मुद्दामा दोषी ठहर भएको निर्देशनालयका निर्देशक यज्ञप्रसाद आचार्यले बताए। यो समाचार नयाँ पत्रिका दैनिकमा सन्तोष भट्टराईले लेखेका छन्।





Comments

comments

28977