भाउजुसँग लभ परेपछि श्रीमतीलाई जिउँदै जलाएर हत्या

काठमाडौं, पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ।

मुकेशकी भाउजू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीया श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पुर्याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो। यो समाचार हदिश खुद्दारले नयाँ पत्रिकामा लेखेका छन्।





Comments

comments

29006