अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’

काठमाडौं, सौन्दर्य प्रतियोगिता हिडन ट्रेजर ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्।

कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा बिहीबार राति सम्पन्न फाइनलमा उनले मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेकी हुन्। उनलाई मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

उनले २४ प्रतियोगीलाई पछि पार्दै यो उपाधि हासिल गरेकी हुन्। प्रतियोगितामा मिस नेपाल युनिभर्सको ताज प्रदिप्ता अधिकारीले जितिन्। त्यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर नेशनलको उपाधि जितेकी छन्।

कसले कुन उपाधि जिते?
मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ
मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ– रिया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति
मिस नेपाल सुपर नेशनल- राेज लामा
मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी
पपुलर च्वाइस– रिया बस्नेत
मिस फ्यासिनो– अनुष्का श्रेष्ठ
मिस कन्फिडेन्स– निशा पाठक
व्यूटी विध प्रपोज– निकिता कर्माचार्य

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29009