अहिलेकै गतिमा काम भए महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष लाग्ने

कञ्चनपुरः महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ।

दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ।

१६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३-६४ बाट नहर खन्न सुरु गरिएको थियो । तर, चैत ०७३-७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ । गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ।

१० वर्षमा तीनवटा कम्पनीले झन्डै १३ किमि नहर तयार गरेका थिए । कुमार राजेन्द्र आशिष जेभी, कुमार नेपाल आदर्श केएम जेभी र लुम्बिनी राजेन्द्र डाँफे जेभीले १८ वटा पुल, पाँचवटा साइपन र ६ वटा फुटपाथ पुलसहित नहर बनाउँदा दुई अर्ब ४१ करोड ११ लाख ३८ हजार खर्च भइसकेको छ । ६५ हेक्टर जमिनको मुआब्जामा मात्रै ५१ करोड १४ लाख ६४ हजार, निर्माण कार्यका लागि एक अर्ब, ८२ करोड ५१ लाख ६६ हजार र अनुसन्धान तथा परामर्शमा सात करोड, ७८ लाख आठ हजार खर्च भएको छ । यो समाचार मोहन विष्टले नयाँ पत्रिकामा लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29301