सलमान खान विवाह नगरीकनै बाबु बन्ने तयारीमा

मुम्बई: बलिउडका चर्चित नायक सलमान खान अहिलेसम्म अविवाहित नै छन्। उनी ५३ वर्षका भए।

बेलाबेलामा उनको विवाहलाई लिएर विभिन्न गसिप बाहिरिने गर्छन् । तर उनी विवाह गर्ने टुंगोमा पुग्न सकेका छैनन्।

विवाह नगरीकन उनी बच्चा जन्माउने तयारीमा रहेको खबर बाहिरिएको छ अहिले। टाइम्स् अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत पिता बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो। यो खबरसँगै उनको विवाह गर्ने योजना पछि हटेको बताइएको छ । सलमानले आफ्ना शुभेच्छुकमार्फत आफू विवाहदेखि भाग्ने गरेको बताउँदै आएका छन्।

उनले आफूलाई बच्चा निकै मन पर्ने र बच्चाहरूसँग लगाव रहेको बताउने गरेका छन्। उनले भनेका छन्, ‘म राम्रो छोरा हुन असल बुवा बन्न सक्छु तर राम्रो श्रीमान् बन्न सक्दिनँ सायद।’ अन्नपूर्णपोष्टमा यो खबर छापिएको छ।





Comments

comments

29309