कड्किए फेरि सीके राउत- ‘जनप्रतिनिधि छोटे राजा’

जनकपुरधाम: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अहिलेका जनप्रतिनिधि छोटे राजा बनेको दाबी गरेका छन्।

बुद्ध जयन्तीको अवसर पारेर जनकपुरधाममा शनिबार आयोजित राजनीतिक तथा सामाजिक परिवर्तनमा युवा एवं विद्यार्थी नेतृत्वको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै राउतले यस्तो बताएका हुन्।

राउतले जनप्रतिनिधि शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाए । जनप्रतिनिधिले नै भ्रष्टाचार गर्न कर्मचारीमाथि दबाब दिने गरेको राउतको दाबी थियो । मासु बाँडेर चुनाव जितेकाहरू अहिले पैसा छाप्न व्यस्त रहेको बताउँदै राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको उनको भनाइ थियो । तर, नेता मात्रै दोषी नभएर जनतासमेत दोषी रहेको उनको कथन छ । प्रदेश सरकारप्रति आक्रोशित देखिएका राउत ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान देखवटी मात्र रहेको टिप्पणी गरे।

संघीयले ल्याएको मिडिया काउन्सिल र प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकप्रति समेत राउतले आक्रोश पोखेका छन् । दुवै सरकारले ल्याएको विधेयक स्वतन्त्रताविरोधी रहेको भन्दै उनले फिर्ता गर्न माग गरेका छन् । सञ्चारकर्मीको सबालमा संघभन्दा बढी खतरनाक प्रदेश सरकार देखिएको भन्दै राउतले सञ्चारकर्मीले स्वतन्त्रतापूर्वक समाचार लेखे भ्रष्टाचार गर्न समस्या हुने भएकाले १ करोड जरिमानाको प्रावधान राखेर प्रदेश सरकारले यस्तो विधेयक ल्याएको जिकिरसमेत गरे। सुजीतकुमार झाले राजधानी दैनिकमा यो खबर लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29319