बेलायतमा गोर्खा रेडियोले थप्यो ट्रान्समिटर

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

लण्डन, ८ जेठ। बेलायतको दक्षिण पश्चिमस्थित वार्मिनिस्टरमा नेपाली समाज, वेलायती गोर्खा सैनिक र तिनीहरुका परिवारकालागि बिएफबिएस गोर्खा रेडियोले (व्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस) ट्रान्समिटर थपेको छ।

गोर्खा कम्पनी टेभोलेटोका सेनानी चन्द्र बहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महासेनानी जेजि रविन्सन सिविई, विशेष अतिथि पूर्वगोर्खा कम्पनी टेभोलेटोका सेनानी प्रकाश गुरुङ एमभिओ, एसएसभिसीका परियोजना अधिकृत निक वियर र वार्मिनिस्टर नेपाली समाजका अध्यक्ष एक पुन उपस्थित थिए। अतिथिका रुपमा बाहलवाला तथा अवकाश प्राप्त गोर्खा सैनिक र तिनका परिवारको बाक्लो उपस्थिति थियो।

गोर्खा रेडियोको ट्रान्समिटर उद्धघाटन गर्दै महासेनानी रविन्सनले भने, ‘म पूर्वको सुन्दर शहर धरानमा जन्मेको अंग्रेज हुं भन्दा खुशि लाग्छ।’ उनले धरानबासीहरुका लागि पनि गोर्खा रेडियोको ट्रान्समिटर जडान गरिसकेको बताए। रेडियो एफएम च्यानल ८७ दशमलब ७ मा सुन्न सकिने बताए।

झापाका संगीतकार चन्द्र श्रेष्ठले अफगानिस्तानबाट खुशी हुदै भने, ‘रेडियो सुनेरै हुर्किएको हाम्रो पुस्ताले देशदेखि टाढा रहेपनि बिएफबिएस गोर्खा रेडियोमा नेपाली आवाज मात्र सुन्न पाउदा पनि देश बाहिर एक्लो महशुस हुन्न रहेछ। ज्ञान गुण र ताजा समाचार सुन्दा त झनै आनन्द लाग्छ।’

वास्तबमा वेलायती गोर्खा सैनिक र तिनका परिवारकालागि स्वदेशी गाँउघरको समाचार, अन्तर्वार्ता, नेपाल दर्पण र विशेष परदेशीको सन्देश जस्ता अनेकौ कार्यक्रम सुनेर नेपालको झझल्को आफ्ना सैनिकहरुले मेटाउने उद्धेश्यले बेलायती सैनिक मुख्यालयले गोर्खा रेडियो स्थापना गराएको हो।

विक्रम संवत् २०५३ साल भदौ ११ गते औपचारिक रुपमा स्थापना गरिको बिएफबिएस गोर्खा रेडियो संसारभर प्रसारण भईरहेको छ। चौवीसै घण्टा सुन्न सकिने रेडियो मुख्यतय काठमाडौं, ब्रुनाई र लण्डन स्टेसनबाट सञ्चालन हुने गर्दछ । रेडियो च्यानल १२७८ किलोहर्जमा प्रसारित हुने गोर्खा रेडियोलाई वेलायतको दक्षिण पश्चिमस्थित विश्व सम्पदाको सूचीमा रहेको स्टोन हेन्जमा समेत सुन्न सकिने प्राविधिक समूहले बताए।

विशेष अतिथि सेनानी प्रकाश गुरुङ एमभियोले गत बर्ष रेडियो प्रसारणकालागि सैनिक मुख्यलयमा अनुरोध-पत्र बुझाएलगतै मुख्यालयले रेडियो प्रसारणकालागि स्वीकृत दिएका थिए। कलर सार्जन्ट नवराज रानाले दिवाभोज उपलब्ध गरिएको कार्यक्रमलाई दोस्रो वारेन्ट अफिसर चोला नाथ लिम्बुले सञ्चालन गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29388