सिक्किममा २५ वर्षपछि चाम्लिङ शासन ढल्यो

पाँचपटक चुनाव जितेर सिक्किमको नेतृत्व गरिरहेको पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले विधान सभामा बहुमत गुमाएको छ।

३२ सिट रहेको सिक्किममा चाम्लिङको दललाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएको छ।

पिएस गोले नेतृत्वको मोर्चाले बहुमतका लागि आवश्यक १७ स्थानमा विजय हासिल गरेको छ। भाजपासँग सहयोग गरेको यो दलले लोकसभाको एक मात्र सिट पनि जितेको छ । गोलेको दल २०१३ मा मात्र स्थापना भएको हो।

चाम्लिङ नेतृत्वको एसडिएफले १४ स्थान जितेको छ, एक स्थानमा उसको अग्रता छ। चाम्लिङ २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री थिए। उनी सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित मुख्यमन्त्री पनि हुन्।

चाम्लिङले सन् २००४ मा ३१, २००९ मा ३२ र २०१४ मा २२ सिट जितेका थिए । उनी सन् १९९४ देखि सत्तामा थिए। नयाँपत्रिकामा यफ खबर छापिएको छ।





Comments

comments

29422