पशुपतिनाथको कमाइ सवा अर्ब

पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २१ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो।

यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

श्रीपशुपतिनाथको गुठी जग्गा छानबीन तथा संरक्षण समितिले जग्गा छानबीन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए।

‘मन्दिरका नाममा उक्त रकम बचत देखियो,’ समितिका संयोजकसमेत रहेका उनले भने, ‘यसैबाट कोष स्थापना गरेका छौँ।’ यो समाचार अन्नपूर्णपोष्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन्।





Comments

comments

29454