यि हुन् हालै छानिएका मगर सुन्दरीहरु, मिस मगर बनिन् सनम गर्बुजा


रुद्र श्रीस –

पोखरा, ११ जेठ। चौथो संस्करणको ‘मिस मगर नेपाल–२०१९’ को ताज म्याग्दीकी सनम गर्बुजा मगरले जितेकी छिन्।

एस.टी. क्रियशनको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीमा शुक्रबार पोखराको पाँच तारे होटलमा भएको ग्राण्ड फिनालेमा आफ्ना अन्य ९ अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै मिस मगर नेपालको ताज पहिरिन सफल भएकी हुन्।

वेष्ट लिडरसीप टाइटल अवार्डसँगै मिस मगर नेपालको ताज पहिरिन सफल उनले १ लाख रुपैयाँ बराबरको एक साताको विदेश भ्रमणमा जान पाउने भएकी छिन् । त्यस्तै, बागलुङकी सोनी पुनमगर वेष्ट स्माइल र वेष्ट फोटो जेनिक गरी दुई टाइटल अवार्डसँगै फष्ट रनर अप बनिन्। उनले ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् भने सेकेण्ड रनर अप पनि बागलुङकै सानिया पुनमगर भइन्। वेष्ट पर्सनालिटी र वेष्ट वाक गरी दुई टाइटल अवार्डसँगै सेकेण्ड रनर अप भएकी सानियाले ३० हजार रुपैयाँ नगद पुरस्कार जितिन्।

मिस मगर नेपालको भ्यूअर्स च्वाइस अवार्ड भने म्याग्दीकी उषा अर्मजामगरले जित्न सफल भइन्। उषाले मोष्ट डिसिप्लिनको अर्को टाइटल अवार्ड पनि जित्न सफल भइन्।

त्यसैगरी, वेष्ट स्किन टाइटल अवार्ड म्याग्दीकी मेलिना चोचाङ्गीमगर, वेष्ट हेयर बागलुङकी मेलिना श्रीसमगर, मोष्ट फ्रेन्डली म्याग्दीकी अस्मिता तिलिजामगर, वेष्ट पर्फरमेन्स बागलुङकी एलिसा बुढामगर, मोष्ट इन्टेलिजेन्ट तथा मोष्ट कन्फिडेण्ट तनहुँकी रिमांश थापामगर, मोष्ट पपुलर र मोष्ट ट्यालेन्टेड गरी दुई वटा टाइटल अवार्ड स्याङ्जाकी केशरी रानामगरले जितिन्।

मिस मगर नेपाल–२०१९ का प्रमुख सल्लाहकार एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक सुरज थापामगर, कार्यक्रम संयोजक इनिशा दुरामगर र सञ्चारकर्मी जुना थापामगरले गर्नुभएको थियो भने प्रशिक्षण संयोजक रूद्र श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29504