विप्लव समूह बदलाको मनस्थितिमा

आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन्।

आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे।

प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ।

राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

उनीहरु बिरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा एक दर्जन भन्दा बढी बिप्लव समुहका कार्यकर्ता पक्राउ परेको उनले बताए।

यता सशस्त्र प्रहरी बलले पनि बिप्लव समूहका कार्यकर्तालाई हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ गरेको समाचार नेपाल समाचारपत्रमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29532