अस्ट्रेलियाको र्याम्पमा उत्तम बनेपाली र नीति शाह



सौरभ श्रेष्ठ –

सिडनीः अस्ट्रेलियाको सिड्नी शहरमा शुक्रबार चर्चित नेपाली फेशन डिजाइनर उतम बनेपालीको डिजाइनमा तयार भएको दर्जनौ आकर्षक पहिरनहरुमा सजिएर सिड्नीमा रहेका नेपाली मोडलहरुले र्याम्प नापेका छन्।

आफ्नो अढाई दशक लामो फेशन डिजाइनिंग क्यारियरमा पहिलो पल्ट नेपाल बाहिर आफ्नो एकल डिजाइनमा फेशन डिजाइनर उतम बनेपालीको एकल फेशन शो “योर स्टाइल फेशन नाइट २०१९ ” आयोजना भएको हो।

रेट्रो, ट्रेडीशनल, क्याजुअल, लेहेंगा, पार्टीवेयरलगायतको ६ वटा सिक्वेन्समा १९ जना पुरुष तथा महिला मोडलहरुको र्याम्प वाकले हल दर्शकहरुको तालीले गुन्जायमान भएको थियो।

शोको अन्त्यमा प्रमुख आकर्षण चर्चित मोडल तथा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह आकर्षक लेहंगामा सोस्टपरको रुपमा र्याम्पमा उत्रेका थिए। उनीसंगै फेशन डिजाइनर उतम बनेपालीले पनि र्याम्पमा ओर्लिए।

इम्पायर एजुकेशन र इजी होमको प्रस्तुति र अस्ट्रेलियाको प्रदिप कडेल, स्वतन्त्र प्रताप शाह र योर स्टाइल अस्ट्रेलियाले आयोजना गरेको “योर स्टाइल फेशन नाइट २०१९ “को इभेन्ट म्यानेजमेन्ट नमित चन्द ठकुरी, कोरियोग्राफी निराजन लुइँटेल र कार्यक्रम संचालन उषाकिरण बारियाले गरेका थिए।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

29541