मोदी नेतृत्वको मन्त्रिपरिषदमा को को छन् ५८ जना मन्त्रीहरु?

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ७ बजे दोस्रोपटक प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।

६८ वर्षीय मोदीले राष्ट्रपति रामनाथ कोबिन्दबाट राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनको प्रांगणमा आयोजित एक भव्य समारोहमा १५औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए।

५८ सदस्यीय मन्त्रिपरिषद्
प्रधानमन्त्री मोदीले ५८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा २५ क्याबिनेटमन्त्रीसहित २४ जना राज्यमन्त्री र नौजना स्वतन्त्र प्रभार छन् । मन्त्रिपरिषद्का सदस्यमध्ये १९ जना नयाँ अनुहार छन् । नवनियुक्त मन्त्रीहरूलाई मोदीले बिहीबारै पद तथा गोपनीयताको शपथ खुवाएका छन् । शपथ खुवाउनुअघि नयाँ मन्त्रीहरूलाई मोदीनिवासमा आयोजित चियापान समारोहमा बोलाइएको थियो । नयाँ मन्त्रिपरिषद्मा मन्त्रीहरूको सूची तय हुनुअघि प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित साहबीच विभिन्न चरणमा वार्ता भएको थियो । एनडिए गठबन्धनको घटक जेडियू भने सरकारमा सहभागी छैन।

को–को बने मन्त्री?
मन्त्रिमण्डलमा राजनाथ सिंह, अमित साह, नीतिन गडकरी र सदानन्द गौडा छन् । त्यस्तै, रामविलास पासवान, निर्मला सीतारमण, नरेन्द्रसिंह तोमर, रविशंकर प्रसाद, हरसिमरत कौर बादल, थावरचन्द गहलोत, एस जयशंकर, रमेश पोखरियाल निशंक, अर्जुन मुन्डा, स्मृति इरानी, डा. हर्षवर्धन, प्रकाश जावडेकर र पियुष गोयल मन्त्रिमण्डलमा रहेका छन् । त्यसैगरी, धर्मेन्द्र प्रधान, मुख्तार अब्बास नकवी, प्रह्लाद जोशी, महेन्द्रनाथ पाण्डेय, अरबिद सावन्त, गिरिराज सिंह र गजेन्द्रसिंह शेखावत पनि नयाँ मन्त्रिपरिषद्मा रहेका छन् । त्यस्तै, २४ जना राज्यमन्त्रीले पनि शपथ लिएका छन्।

८ हजार अतिथि सहभागी
मोदीको शपथ समारोहमा झन्डै आठ हजार अतिथिको सहभागिता थियो । समारोहमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रहरूका सरकार तथा राष्ट्रप्रमुख सहभागी थिए । बिमस्टेकमा भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । शपथ कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ र थाइल्यान्डका विशेष दूत सहभागी थिए । त्यस्तै, किर्गिजस्तानका राष्ट्रपति सुरोन्बे जिन्बेकोभ पनि सहभागी भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। यो खबर नयाँपत्रिकामा छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29616