चिनीयाँ युवतीको बलात्कार र हत्यापछि चीनले १५० नेपाली कामदार फिर्ता पठाईयो

चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ।

हुम्ला सर्केगार्ड गाउँपालिका –२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो।

पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा रहेका थिए। यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको पास खोसेको छ।

सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन्। बाँकी एक–दुई दिनमै आउने भएका छन्। कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन्। यो समाचार नरजन तामाङले नयाँपत्रिकामा लेखेका छन्।





Comments

comments

29644