नेपाल संवतको प्रचार गर्दै पोखरामा मोटरसाइकल र्याली

एचकेनेपाल डट कम-
मंसिर ६, पोखरा। नेपाल संवत ११३५ को अवसरमा नेवा दे दबु तथा नेवा भोलेन्टियरर्सले काठमाण्डौबाट शुरु गरेको मोटरसाइकल र्याली शनिबार पोखरामा एक कार्यक्रमका बिच समापन भएको छ।

र्यालीमा सहभागीहरुलाई नेवा खल कास्की तथा नेवा मिसा पुच कास्कीका पदाधिकारी ले टिका लगाएर स्वागत गरेका थिए। नेपाल संवतको प्रचार गर्ने उद्धेश्यले थालिएको र्यालीमा ३ सय ५० मोटरसाइकलमा त्यतिनै ब्यक्तिले सहभागीता जनाएका थिए।

समापन कार्यक्रममा बोल्दै नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारले कास्कीमा नेवा खलः नेवार जातीको भाषा, संस्कार र जातिय एकताका लागि उल्लेखनिय कार्य गरेको बताए। नेवा देय दबुका संरक्षक तथा संबिधानसभा सभासद लक्ष्मण राजबंशीले नेपालभरका नेवार समुदाय एक भई यसका संस्कार र संस्कृतिको जगेर्ना गर्नुका साथै हक अधिकार प्राप्तीका लागि लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरेली नेवार समुदायको ड्रिम प्रोजेक्ट नेवा छें काठमाण्डौ पछि नेवारी सभ्यताको संग्रहालयको रुपमा बिकास गर्ने योजना रहेको बताए।

समापन तथा स्वागत कार्यक्रममा नेवा भोलेन्टियरका अध्यक्ष मनोज नेवा, ब्यास नगरपालिकाका पुर्व मेयर तारा प्रसाद श्रेष्ठ, नेपाल आदिबासी जनजाती महासंघ तनहुँका अध्यक्ष शंकर नारायण श्रेष्ठ लगायतले बोलेका थिए । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिब प्रदिप रञ्जितले गरेका थिए । यस अघि मोटरसाइकल र्यालीलाई तनहुँको दमौली, थर्पु तथा दुलेगौंडामा स्वागत तथा सम्मान गरिएको थियो । उक्त स्थानमा गरिएका कार्यक्रमहरुमा नेवारी परम्परागत नाच, बाजा, तथा झाँकी समेत देखाइएको थियो।





Comments

comments

2966