मौनीले किन छाडिन् यो फिल्म?

मुम्बई: नागिन टेलिसिरियलबाट चर्चा कमाएकी मौनी रोयले ‘बोले चूडिंया’ फिल्म नखेल्ने भएकी छन्।

निर्माताले गलत व्यवहार गरेको आरोप लगाउँदै मौनीले उम्दा अभिनेता नवाजुद्दिन सिद्दिकी स्टारर उक्त फिल्म नखेल्ने बताएकी हुन्।

मौनीले यो वर्षको मार्चमा नवाजको अपोजिट ‘बोले चूडिंया’का लागि साइन गरेकी थिइन्। उनले सन् २०१८ मा अक्षय कुमारको अपोजिट ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन्। निर्माता राजेश भाटियाले भने उनलाई गैरजिम्मेवार बताएका छन्। उनले भनेका छन्, ‘फिल्मसँग जोडिएका कसैले पनि मौनीलाई नराम्रो व्यवहार गरेका छैनन्।’

उता मौनीका प्रवक्ताले निर्माताको भनाइ गलत भएको दाबी गर्दै मौनीले पहिले पनि थुप्रै फिल्म खेलिसकेको र उनी व्यावसायिक कलाकार भएको बताएका छन्। उनी भन्छन्, ‘मौनीले अब यो फिल्म खेल्ने छैनन्।’ प्रवक्ताका अनुसार मौनीले उक्त फिल्मका लागि साइन गरिसकेकी थिइनन्। निर्माताको गलत व्यवहारका कारण मौनीले फिल्म नखेल्ने निर्णय गरेको उनको दाबी छ।

मौनी प्रायः विभिन्न कारणले विवादमा आइरहन्छिन्। केही समयअगाडि विमानमा यात्रा गर्दा उनले एअरलाइन्सका स्टाफले नराम्रो व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले आकाश अम्बानीको विवाहमा पनि एक ‘डान्स प्रर्फमेन्स’लाई लिएर हंगामा मचाएकी थिइन्। यो खबर अन्नपूर्णपोष्टमा छापिएको छ।





Comments

comments

29669