दुर्घटनापछि श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग…

काठमाडौं: सुन्दा कुनै फिल्मको कहानी झैं लाग्छ। तर, यो कुनै फिल्मको कहानी नभएर वास्तविक घटना हो।

पटनास्थित बेगुसरायको नेसनल हाइवे २८ मा दुर्घटनामा परेका एक युवक श्रीमतीसँग भिडियो कल गर्दागर्दै मृत्यु भएको खबर भारतका मिडियामा समाचार भाइरल भएको छ।

समाचारमा उल्लेख भएअनुसार, घटनालगत्तै आफू दुर्घटनामा परेको बारे श्रीमतीसँग भिडियो कल गरेर जानकारी गराउँछन्। त्यसपछि उनी प्राण त्याग गर्छन्। बेहोस भएका उनलाई प्रहरीले अस्पताल पुर्‍याएका थिए। तर चिकित्सले उनलाई मृत्यु घोषणा गरिदिए। इयरफोन लगाएर मोटरसाइकल चलाइरहेका उनको ट्रकले किचेर एउटा खुट्टा नै चुडिएको थियो।

प्रत्यक्षदर्शीअनुसार युवकले इयरफोन लगाएर मोटरसाइकल चलाउँदा ट्रकको आवाज सुनेका थिएनन्। एकसुरमा सवारी चलाउँदा उनी दुर्घटनामा परेका हुन्। समाचारकाअनुसार उनी सुसुराली जाँदै थिए। उनको विवाह भएको तीन वर्ष मात्र भएको छ। उनका श्रीमती र एक सात महिनाकी छोरी छन्। यो खबर अन्नपूर्णपोष्टमा छापिएको छ।





Comments

comments

29675