छबिको जन्मदिनमा रेखा गइनन्

काठमाडौँ, मंसिर ८ – चलचित्र निमार्ता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन्। २०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे।

विगत २५ वर्षदेखि फिल्म निमार्णमा सक्रिय ओझालाई उनलै डेब्यु गराएका ३ हिरोइनी रजनी केसी, पुजना प्रधान र शिल्पा पोखरेलले बर्थ डे केक खुवाएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

उनलै ब्रेक दिएका हिरोहरु आयुष रिजाल, सबिन श्रेष्ठ र किशोर खतिवडाका साथमा दिपाश्री निरौला, नीर शाह, श्याम सेतान लगायतकाले केक खुवाएर शुभकामना दिएका दिए। तर जन्म दिनमा रेखा थापा भने सहभागी थिइनन्।





Comments

comments

2975