नेपाली साहित्य बिकास परिषद यूकेको निर्बाचन सम्पन्न

२३ नोभेम्बर २०१४ लण्डन –बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके (१९९५)को आगामी २ बर्षका लागि नया कार्य समितिको निर्बाचन सम्पन्न भएकोछ।

स्थानीय एक्टन स्थित ABI कलेजको समारोह हलमा बसेको परिषद्को १९ औ बार्षिक साधारण सभाले परिषद्का संस्थापक सुरेश जंग शाहको अध्यक्षतामा २५ सदस्यीय नवौ कार्य समितिको निर्बाचन सम्पन्न गरेकोछ। एस अघि १४ नोभेम्बर बाट थालनी भएको निर्बाचनको प्रक्रियामा निर्बिरोध उम्मेदवारी परेको जानकारी दिनु हुदै निर्बाचन समितिका प्रमुख कृष्ण भट्टले निर्बिरोध निर्बाचित पदाधिकारी हरुको नाम साधारण सभामा घोषणा गर्नु भयको थियो। नब निर्बाचित अन्य पदाधिकारीहरुमा बरिस्ट सह अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, सह अध्यक्ष हरुमा ध्रुब केशी र डा.गोपाल पौड्याल हुनुहुन्छ। उपाध्यक्ष हरुमा बिरेन्द्र कुवर,गोकुल भण्डारी,रेशम अर्याल,बाचस्पति रेग्मी,र दुर्गा पोखेरेल हुनुहुन्छ/यसै गरि महासचिबमा डा.सुधा श्रेष्ठ र कोषाध्यक्षमा दौलत कुमार राइ रहनु भएकोछ। कार्यकारिणी सदस्यहरुमा हरि केशी, मोतिराज भण्डारी डा.मिन रानाभाट,प्रकाश बिक्रम सिंह,मनोज अन्जान ,एभरेस्ट गौतम ,रिता गौतम, कृष्ण जंग शाह ,जगन्नाथ अधिकारी,नबराज घिमिरे र केशब पुडासैनी हुनुहुन्छ भने मनोनित तर्फ रमेश लामा र अभिमन्यु बैराग हुनुहुन्छ।

येसैगरि साधारण सभाले ७ जना सल्लाहकारहरु पनि चयन गरेकोछ सो अनुसार डा.राघब प्रसाद धिताल,(OBE),हरि सिंह थापा,खगेन्द्र नेपाली,महन्त श्रेष्ठ,मदन थापा,घनबहादुर थापा मगर र सोलिसिटर राजु बिक्रम थापा रहनु भएकोछ भने १० वोटा साहित्यिक विभागहरु गठन गरि सह अध्यक्ष र उपध्यक्ष्हरुलाई प्रमुख तोकेकोछ। यसै गरि साधारण सभाले बरिस्ट कार्यालय सचिबमा कृष्ण भट्ट र मिडिया कोअर्र्डीनेटरमा नबिन पोखरेललाइ चयन गरिएकोछ। साधारणसभामा परिषद्को प्रगति प्रतिबेदन महासचिब डा.सुधा श्रेष्ठ बाट र आर्थिक प्रतिबेदन तथा धन्यबाद ज्ञापन कोषाध्यक्ष डा.गोपाल पौड्याल बाट प्रस्तुत गरिएको थियो।

सभामा प्रमुख अतिथि तथा परिषद्का संरक्षक का.बा.नेपाली राजदुत तेज बहादुर क्षेत्री ,एती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेश राज मोक्तान र NRN यूकेका अध्यक्ष महेन्द्र कंडेल तथा माहासचिब राजकुमार त्रिपाठी र नेपाली महिला संघ यूके कि अद्यक्ष आरति श्रेष्ठले शुभकामना सम्बोधन गर्नु भएको थियो /बार्षिक साधारण शभालाई समापन सम्बोधन गर्नु हुदै परिषद्का निवृत्त हुन् लाग्नु भएका अध्यक्ष खगेन्द्र नेपालीले अध्यक्षको मेडेलियन नब निर्बाचित अध्यक्ष सुरेश जंग शाहलाइ शुसोभन गर्नु भइ पद हस्तान्तरण गर्नु भएको थियो।

प्रतिउतर मन्तव्य दिनु हुदै नब निर्बाचित अध्यक्ष तथा संस्थापक सुरेश जंग शाहले आगामी कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नु भयको थियो। यस अघि स्वागत मन्तब्य परिषद्का वरिष्ठ सह अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले र निर्बाचन मन्तब्य कृष्ण भट्टले गर्नु भएको थियो। समारोहमा महिला पत्रकार,बिद्यार्थी,कलाकार कबि साहित्यकार तथा समाजका वरिष्ठ व्यक्तित्वहरुको उत्साहबर्द्धक सहभागिता रहेको थियो। समारोहमा रमाइलो द्विवा भोजको प्रायोजन परिषद्का सल्लाहकार घन बहादुर थापाले तथा समारोहहलको प्रायोजन ABI College का डाइरेक्टर कृष्ण भट्टले गर्नु भएको थियो।





Comments

comments

2979