ब्रिटिश गोरखाका नागरिकता निरन्तरताका लागि यूकेमा संयुक्त संघर्ष समिति गठन


सन्तोष थलङ् (लिम्बू) / एचकेनेपाल डट कम –
११ अक्टोबर २०१५ कादिन भेटघाट रेष्टुरान्ट अल्डर्शटमा जनजाति महासंघ यूकेद्वारा आयोजित गोरखाहरुका नेपाली नागरिकता सम्बन्धिको विशेष बैठकमा वेलायतका गोरखाहरू आवद्ध संघ संस्था तथा सबै सचेत गोरखाहरूको उल्लेख्य उपस्थिति रहेकोथियो। कार्यक्रममा प्रमुख अथिति नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काईला थिए।

जनजाति महासंघ यूकेका अध्यक्ष तुल छन्त्यालको सभापतित्वमा संघको महासचिव कर्मा शेर्पाद्वारा संचालित उक्त बैठकले ३ असोज २०७२ का दिन जारी भएको नेपालको संबिधानमा कम्तीमा गोरखा र गोरखाका सन्ततिहरुको नेपाली अस्तित्व बचाउन सफल भएकोमा “ब्रिटिश गोरखा नेपालि नागरिकता अभियान समिति यूके” र भूपूसैनिक कल्याणकारी समिति नेपाल साथै भूपूसैनिक महासंघ नेपाललाई ससम्मान धन्यवाद दिदै नागरिकता निरन्तरताको व्यवस्था, संबिधान संशोधनमार्फत गराउने निर्विकल्प उद्धेश्यका लागि सर्वपक्षीय संयुक्त संघर्ससमिति गठन गरेकोछ।

थर्क रानाको संयोजकत्वमा गठन भएको संघर्ष समितिमा सहसंयोजक सुन बहादुर तामाङ र सचिबमा जितेन्द्र सपाङ्ग राई चयन भएकाछन। उक्त संघर्स समितिमा यूकेमा रहेका सबै गोरखाजन्य संस्थाहरुका अध्यक्ष एवं जातिय संस्थाहरुका अध्यक्ष उपसंयोजकमा रहनु पर्ने र सम्पूर्ण क्षेत्र समेट्ने गरी प्रतिनिधि सदस्य चयन गरिने निर्णय भएकोछ।

नेपालमा गरिने आन्दोलनका लागि नेपालमा आन्दोलनरत संघ संस्थाहरु र ” ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्षसमिति यूके” को संयोजनकारी भूमिका ” संयोजक यूके/नेपाल” को जिम्मेवारी सन्तोष थलङ्लाई नै दिइएकोछ। त्यसैगरी यूकेमा रहेका जातीय संघ संस्था एवं गोरखा संस्थाहरुसंग समन्वय गरि संघर्ससमितिलाई प्रभावकारी बनाउने अविभावकीय दायित्व तुल छन्त्याल नेतृत्वमा रहेको जनजाति महासंघ यूकेलाई दिएकोछ।

संघर्षसमिति सदस्यहरुमा पदम गाहा, राम ईजम, काजिमान गुरुङ, जंग सुनुवार, भिम राई जीवन फागो वनेम, लोकेन्द्र तबेबुंग, शान्त हुक्पा चोंग्वांग, बीर नेम्वाङ्ग सर्वसम्मत चयन भएका छन्। तर संघर्षसमितिले पूर्णता भने पाएको छैन। भक्त दुरा, भगवान चाम्लिङ्ग श्रीप्रसाद लिम्बूलाई सल्लाहकार सदस्यमा मनोनयन गरेकोछ।

ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्ष समिति यूकेले, जनजाति महासंघ यूकेसंगको सहकार्यमा छिट्टै प्रथम बैठक सम्पन्न गरी समितिलाई पूर्णता दिने र आन्दोलनको रणनीति तय गर्ने निर्णय भएको छ।

यो आन्दोलन प्रत्येक गोरखा र गोरखा परिवारहरुको आफ्नै स्वाभिमान र अधिकारको अति जटिल बिषय भएकाले बेलायतलगायत विश्व भरि रहेका सम्पूर्ण गोरखा समुदायले स्वतस्फूर्त रुपमा सहयोग गर्न सक्नु पर्दछ।

अब गोरखाहरुले अरुको परिश्रमबाट प्राप्त उपलव्धि मात्र उपभोग गर्ने घृणित सोच र चरित्र तत्काल त्यागेर आफ्नो लागि न सहि आफ्ना भावी सन्ततिका राष्ट्रियताका लागि आन्दोलनमा सहभागी बन्नु पर्दछ। यो युगौं युगका लागि स्थापित गर्नपर्ने अधिकार आज सुरक्षित गर्न नसक्ने हो भने, भोलि आफ्नै सन्ततिले दुत्कार्ने छन्।
जय गोरखा !!!

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2982