पोखरामा ४ अर्ब ८१ करोड लागतमा खानेपानी शुद्धीकरण आयोजना

पोखरा: पर्यटकीय सहर पोखरामा ४ अर्व ८१ करोड लागतमा खानेपानी शुद्धीकरण आयोजना सुरु हुने भएको छ।

जापान सरकारको अनुदान सहयोगमा पोखरामा अहिले वितरण भइरहेको मर्दी खोलाको पानीलाई प्रशोधन र शुद्धीकरण गरि पिउन योग्य बनाउन आयोजना सुरु हुन लागेको हो।

नेपाल खानेपानी संस्थानले अहिले उपभोक्तालाई प्रशोधन नगरी सोझै खोलाको पानी टंकीमा जम्मा गरी पाइपबाट घर घरमा वितरण गर्दै आएको छ। वर्षाममा हिलोमाटो नै घर घरका धारामा झर्ने र खोलामा फ्याकीएका फोहोर सोझै ग्राहकको घरमा पुग्ने समस्या यो योजना संचालनमा आएपछि अन्त्य हुने छ। खानेपानीको मुहान मर्दी खोलाको ड्याम भन्दा केही तल खानेपानी शुद्धीकरणका लागि गरिने छ।

जापान सरकारको कुल अनुदान मध्ये ४ अर्व २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो। जस मध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले ८.२ प्रतिशत कममा बोलपत्र कबोल गरेको हो। हाजमा एन्दो कर्पोरेसन कम्पनीले ३ अर्व ९४ करोड २७ लाख रुपौयाँमा खानेपानी शुद्धीकरणको ठेक्का पाएको छ।

यसकालागि खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी समेत निमार्ण हुने छ। पोखराको पस्याङ, फूलवारी र कोलपाटनमा रिजर्भरवायर ट्यांकी निर्माण गरिने महर्जनले बताए। आयोजना काम सुरु भएको तीन वर्ष भित्र सकिने छ। पोखरामा खानेपानीको ग्राहक ४५ सय छन्। यो योजनाबाट ४ लाख २५ हजार लाभान्वित हुने नेपाल खानेपानी संस्थान पोखराका कामु सहायक प्रबन्धक इन्जिनियर निरण महर्जनले बताए। यो खबर अन्नपूर्णपोष्ट दैनिकमा कृष्णमणि बरालले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29837