युकेमा संघीय समाजवादी पार्टीको तेस्रो स्थापना दिवस सम्पन्न

लण्डन, गत २३ नोभेम्बर २०१४ का दिन संघीय समाजवादी पार्टी, नेपालको तेस्रो स्थापना दिवस युकेको नेपाली संघीय समाजले लण्डनमा भब्यतापूर्वक मनाएका छन्।

दुई चरणमा संचालित उक्त कार्यक्रमको पहिलो सभा लण्डन शाखा समितिको प्रथम महाधिवेशन रहेको थियो । उक्त अधिवेशनको अध्यक्षता शाखा अध्यक्ष रत्न थापामगरले गर्नुभएको थियो । राजेन्द्र राईको स्वागत मन्तब्यबाट शुरु भएको अधिवेशनलाई पार्टी केन्द्रीय समिति नेपालका सदस्य भगवान चाम्लिङले शुभ कामना मन्तब्य दिनु भएको थियो । शाखा समितिको प्रगतिप्रतिवेदन सचिव मिलन राईले प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनको लागि निर्वाचन मण्डल नियुक्त सल्लाहकार कमल गुरुङ र युके समिति सचिव विश्वासहाँङ खेवाहाँङले चन्द्र गुरुङको नेतृत्वमा १४ सदसिय समितिको घोषणा गरयो । उपाध्यक्ष द्धयमा पूर्ण कुमार फालेछ्वा लिम्बु, राजेन्द्र राई, सचिव लोपसाङ लामा, कोषाध्यक्ष टेक बहादुर गुरुङ र सदस्यहरुमा क्रमशः सुवास श्रीसमगर, अम्बरबहादुर थापामगर, नरभक्त राई, शिवकुमार राई, कृष्ण पुन, दशरथ राई, लोक छन्त्याल, सिनु राई र नीलम राई निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य चाम्लिङले सफथ खुवाउनु भएको थियो । सफत लगतै नवनिर्वाचित गुरुङले पार्टी हितको काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

एमाले र एमाओवादी परित्याग गरि संघीय समाजवादीमा प्रवेश
विगत ३० बर्षदेखि युकेमा रहदै आउनु भएका चर्चित स्टेट ब्यावसायी कुवेर होडा एमाले परित्याग गरि संघीय समाजवादी पार्टीमा प्रवेश गर्नुभयो । सबैलाई समानता होस भन्ने मुद्धा बोक्ने पाटी भएकोले आफूले समाजवादीमा प्रवेश गरेको र एक जातिय सोच राख्ने एमाले परित्याग गरेको बताउनु भयो । यस पार्टी आफूले स्थापना कालदेखि नै मनपराएको तर सम्पर्क नहुदा सक्रिय हुन समस्या रहेको बताउनु भयो । त्यस्तैगरि एमाओवादी समर्थित लोपसाङले पहिचान सहितको संघीयताको लागि एमाओवादीलाई विश्वास गर्न नसकेको कारण समाजवादीमा प्रवेश गरेको बताउनुभयो । वहाहरु द्धयलाई युके केन्द्रीय समिति अध्यक्ष धर्म तामाङले पार्टी सदस्यताको परिचयपत्र, झण्डा र खदा प्रदान गरेर प्रवेश गराउनु भएको थियो । अन्य पार्टी प्रवेश गर्नेहरु बोम प्रसाद राई, टेकबहादुर गुरुङ, अम्बरबहादुर थापा, जनक राई, ज्ञानबहादुर राई रहनु भएको छ ।

तेस्रो स्थापना दिवसमा शुभ कामना आदानप्रदान

लण्डन समिति शाखाको अधिवेशन लगतै सोहिस्थानमा वैकल्पिक शक्तिको रुपमा स्थापित यस पार्टीको विगत बर्तमानको समिक्षा गर्दै युके केन्द्रीय समितिले पार्टीको तेस्रो स्थापना दिवस समारोह सम्पन्न गरयो।

बरिष्ठ उपाध्यक्ष जंग सुनुवारको स्वागत मन्तब्यबाट शुरु भएको समारोहलाई अर्का उपाध्यक्ष राजेन्द्र खिम्दिङले पार्टीको समिक्षा गर्दै चाडै आसफोर्ड शाखा र रोजमर शाखाको अधिवेशन गर्ने योजना अघि सार्नुहुदै नवनिर्वाचित लण्डन समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो।

समारोहमा संघीय समाज युकेका सल्लाहकार तथा पूर्व गाविस अध्यक्ष भक्त गुरुङले संघीय प्रदेशको प्रस्तावित ७ प्रदेशको ढाँचा संगै आदिवासी जनजाति, मधेसी तथा सिमान्तकृतहरुलाई शक्तिहिन नोकर बनाउने षड्यन्त्र भईरहेकोले त्यसको विरुद्ध आन्दोलन शुरुभई सकेकोले त्यसको लागि युकेबाट पनि केही पहल गर्नुपर्ने विचार राख्नु भयो । वहाले १४ प्रदेश हुनुपर्ने विचार ब्यक्त गर्नुभयो । सल्लाहकारहरु कृष्ण राई, कमल गुरुङ, डा. कविताराम श्रेष्ठ र नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव नरेशमणि काङमाङ, रिटायर्ड क्याप्टेन टिका राई, अभिभावकको तर्फबाट बीरबहादुर गुरुङ, पत्रकार देवेन्द्र खेरेस, महिलाको तर्फबाट कोषाध्यक्ष विमला राईले पनि मन्तब्य राख्नु भएको थियो।

पार्टी केन्द्रीय समिति नेपालका सदस्य भगवान चाम्लिङ प्रमुख अतिथि रहनु भएको उक्त समारोहका सभापतित्व युके केन्द्रीय समिति अध्यक्ष धर्म तामाङले गर्नुभएको थियो । मध्यस्थताको भूमिका महासचिव विश्वासहाँङ खेवाहाँङले गरेका थिए।

गत २० सेप्टेम्बरमा सम्पन्न नेपाली संघीय समाज युकेको प्रथम महाधिवेशन लगतै २ वटा पार्टी प्रशिक्षण सम्पन्न, एक नयाँ क्षेत्रिय समिति गठन र लण्डन शाखाको अधिवेशन सम्पन्न गरेको छ । यस समाजको वेलायतमा ७ वटा शाखाहरु रहेका छन्।





Comments

comments

3001