क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग, घरको सिसा फुट्दा मेयरलाई ३० लाख

सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ।

स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो।

साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए। आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो।

घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध र्यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए। त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे.१झ १२१ नम्बरको गाडीमा र बा.१०च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो। उनको छोरा नेपाल रत्न सिवाकोटीको मे.७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए। यो समाचार नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

30073