सलामीले बदनामीः जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

प्रहरीको समारोह व्यवस्थापन निर्दे्शिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन।

निर्दे्शिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ।

त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ । सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा मात्र सलामी दिने प्रचलन रहेको डिआइजी विश्वराज पोखरेलले बताए।

पूर्वएआइजी नवराज ढकाल सलामी विकृत बन्दै गएको बताउँछन् । ‘सलामी भनेको विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो,’ उनी भन्छन्, ‘यसलाई निर्दे्शिका बनाएर एकरूपता दिनुपर्छ ।’ निर्दे्शिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति देखिएको उनको भनाइ छ । यो समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र शान्ति तामाङ्रले लेखेका छन्।





Comments

comments

30100