पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण प्रेम र पैसा

जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो।

हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देश्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ।

‘पैसाकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इन्स्पेक्टर कुँवर भन्छन्, ‘सुजताले पैसा बोकेको लावतीलाई थाहा नभएको भए उनको हत्या नहुन सक्थ्यो।’

बमबहादुर फियाकका छोरी ज्वाइँ र नातिनीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रहरी अनुसन्धानले फियाककै कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेको पुष्टि गर्‍यो।

अनुसन्धानमा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो सुरु भएको खुलेको थियो। सुसरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको पैसा ज्वाइँले फिर्ता नगरेपछि ससुरा ज्वाइँको परिवारमा तित्तता बढेको प्रहरीले जनाएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा भीमकुमार बाँस्कोटाले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30106