सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा बेहोस भएर ४ को मृत्यु

मोरङको सुनबर्सी नगरपालिका–९ मुस्लिम बस्तीमा रहेको मस्जिदको सेप्टी ट्यांकी निर्माण गर्ने क्रममा ४ जनाको ज्यान गएको छ।

सेप्टी ट्यांकी बनाउँने क्रममा उनीहरूको मृत्यु भएको हो।

पहिला एक जना पसेको देखिन्छ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा प्रवक्ता घनश्याम श्रेष्ठले भने पस्ने बितिकै अक्सिजन कमी भयो । उनलाई बचाउने साथीहरू जाने क्रममा चार जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

अक्सिजनको कमीले चार जना ढलेको अवस्थामा फेला परेका उनीहलाई विराटनगर अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ज्यान गुमाउनेमा सुनबर्सी नगरपालिका-९ बस्ने ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिब आलम र २५ वर्षीय फिरोज आलमको रहेको प्रहरीले जानकारी दिए।

घटनामा अर्का एक जना दाउत मियाँको रंगेली अस्पतालमा उपचारपछि घर फर्केकाे प्रहरीले जानकारी दिएकाे छ । मृत्युको कारण नखुलेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो समाचार उत्तम पोख्रेलले लेखेका छन्।





Comments

comments

30196