पशुपतिका मूर्ति गायब, कति कहाँ पुर्‍याइए कोषलाई नै थाहा छैन

ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र। नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र।

गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो।

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोपीकृष्ण ढुंगाना र आकाश क्षेत्रीले लेखेका छन्।





Comments

comments

30288