सत्तारुढ सांसदकै प्रश्नः ‘सरकार भारतसामु झुकेकै हो ?’

भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्।

पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए। सहभागी एक सांसदका अनुसार सत्तारुढ दलकै नेता र सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओली आक्रोशित भएका हुन्। यो समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।





Comments

comments

30366