हङकङमा चर्कियो प्रदर्शन, हङकङ-चीनबीचको रेल-वे सेवा नै अबरुद्ध

काठमाडौं। हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन।

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेर प्रदर्शन गरेपछि सरकार अप्ठ्यारोमा परेको छ।

प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेल वे स्टेसनमा धर्ना दिई चीन जाने रेल रोकेपछि सयौं यात्रु अलपत्र परेका छन्।

हङकङको मुख्य शहरमा भेला भएका प्रदर्शनकारीले प्रहरीले दमन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी आत्म सुरक्षाका लागि छातासहित प्रदर्शनमा उत्रेका थिए।

सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाईते भएका छन्। हङकङमा केही सातादेखि सुपुर्दगीसम्बन्धी विधेयकका विरोधमा प्रदर्शन भइरहेको छ।

प्रदर्शन चर्किंदै गएपछि हङकङ सरकारले प्रदर्शनका तस्बिर सामाजिक सञ्जालमा राख्न रोक लगाएको थियो। त्यसपछि प्रदर्शनकारीहरु झन् आक्रोसित बनेका छन्।

उनीहरुले विधेयक संसदबाट स्थगित गरे पनि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने र विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै आएका छन्। (एजेन्सी)

फोटोः सीएनए





Comments

comments

Trending Now : मुख्यमन्त्री गुरुङ र चिनियाँ प्राध्यापकहरुवीच के भयो कुराकानी?
30399